तोसिमालाई घण्टी नबजाउ, ध्वनी प्रदुषण नगर भनिएको छैनः आयोग
वि.सं.२०७९ कात्तिक २३ बुधवार
1.3K
shares
shares
काठमाडौं।निर्वाचन आयोगले ललितपुर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यकी उम्मेदवार डा.तोसिमा कार्कीलाई घण्टी लिएर प्रचारप्रसार नगर्न नभनिएको स्पष्ट पारेको छ।
आयोगको आधिकारिक फेसबुक पेजमार्फत आयोगले यस्तो प्रष्टीकरण दिएको हो।
आयोगले भनेको छ, ‘प्रतिनिधिसभा सदस्य उम्मेदवार तोसिमा कार्कीलाई घण्टी लिएर प्रचारप्रसार नगर्न निर्वाचन आयोगले कुनै पनि निर्देशन नदिएको प्रस्ट पारिन्छ।’




























