निर्वाचन आयोगद्वारा लोसपाका उम्मेदवारको उम्मेदवारी खारेज

1.1K
shares

काठमाडौं।निर्वाचन आयोगले सुनसरी जिल्लाको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं ४ को (२) का लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का उम्मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी खारेज गरेको छ।

 

प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७३ अनुसार उहाँको उम्मेदवारी खारेज भएको हो।

 

उहाँले बहुविवाहसम्बन्धी कसुरमा कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएकाले आयोगले उहाँको उम्मेदवारी बदर गरेको हो।

civil hospital
Hams Hospitals