स्कुल अफ म्यानेजमेन्ट त्रिवि Sports Week 2022 सफलतापुर्वक सम्पन्न
वि.सं.२०७९ पुस १ शुक्रवार
shares
मंसिर २४ देखि २८ गते ५ दिन सम्म चलेको प्रतियोगिता बुधबार एक कार्यक्रमका बिच पुरस्कार बितरण गर्दै सम्पन्न भएको थियो । ब्यबस्थापन संकायका डिन डा. डिल्लीराज शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा शर्मा सहित कार्यकारी निर्देशक डा. गोबिन्द तामाङ र उपनिर्देशक डा.गङगाराम बिश्वकर्माले मन्तव्य राखेका थिए । यस्तै शुशान्त महर्जन,दिनेश ओलि र सिसम बजगाईले आफ्नो महत्वपूर्ण मन्तब्य राखेका थिए ।
कार्यक्रमको संयोजन शुशान्त महर्जन तथा टोलिको नेतृत्व दिनेश ओलिले गरेका थिए ।
प्रतियोगितामा फुटबल, क्रिकेट,भलिबल ,बास्केट बल, चेस,म्यूजिकल चेयर,टेबल टेनिस,१०० मीटर दौड,घैटो फोड र टग अफ वार लगाएतका खेलहरु संचालन भएका थिए ।
प्रतियोगीतामा स्नातकोत्तर तह MBA ,MBA GLM ,MBA IT र MBA FC लगायतका विभिन्न सेमेस्टरमा अध्ययनरत करिब ३०० जना विद्यार्थीहरुले विभिन्न खेलहरु मार्फत सहभागिता जनाएका थिए ।
“स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन विश्वविद्यालयमा यो शैलीमा पहिलोपटक कार्यक्रम आयोजना गरिएको हो । स्कुल अफ म्यानेजमेन्टका विद्यार्थीहरु बीचको प्रतिस्पर्धा भन्दा पनि सामाजिक हुने मौकाको रुपमा आयोजना गरेका हौं । “मीडिया संयोजक प्रदीप पराजुलीले बताए ।
छोटो समयमा नै ११ वटा खेलहरु संचालन गर्न धेरै चुनौती हुँदा पनि सौहार्दपुर्ण बाताबरणमा कार्यक्रम सम्पन्न गर्न सकिनु आँफैमा ठुलो उपलब्धि रहेको सृजना सुवेदीले बताईन ।
कार्यक्रम प्रायोजकमा बेभरेज पाट्नरमा nescafe, फेशन पाट्नरमा samyami Boutique र एजुकेसन पाट्नरमा asia Pacific international consultancy रहेका थिए ।
































