विभिन्न प्रकृतिका प्रकोप नियन्त्रणमा ध्यान दिन गृहमन्त्रीको निर्देशन

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले विभिन्न प्रकृतिका प्रकोप नियन्त्रणमा ध्यान दिन मातहतका निकायलाई निर्देशन दिनुभएको छ।

मन्त्री भएपछि गृह मन्त्रालयमा आज बसेको पहिलो केन्द्रीय सुरक्षा समितिको बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले शितलहर, प्राकृतिक प्रकोप र बढ्नसक्ने कोभिड–१९ सङ्क्रमणतर्फ ध्यान दिँदै आवश्यक तयारीमा लाग्न निर्देशन दिनुभएको गृहसचिव विनोदप्रकाश सिंहले जानकारी दिनुभयो।

सचिव सिंहका अनुसार गृहमन्त्री लामिछानेले आन्तिरिक शान्ति सुरक्षा र आपराधिक गतिविधि नियन्त्रण गर्ने विषयमा गम्भीर हुन निर्देशन दिनुभएको छ। गृहमन्त्री लामिछाने कै अध्यक्षतामा उक्त बैठक बसेको थियो । बैठकमा गृहसचिव तथा रक्षा सचिवसहित सुरक्षा निकायका प्रमखु तथा प्रतिनिधिको सहभागिता रहेको थियो।

सो क्रममा सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिले गृहमन्त्री समक्ष सुरक्षा अवस्थाबारे जानकारी गराउनुएको थियो।

Shangri-la Development Bank Ltd.
Nepali patro