टाटाको मेगा सर्भिस क्याम्पमा ९५५ वटा गाडी मर्मत

14.5K
shares
Nabil bank

काठमाडाैं । टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङद्वारा यसका १२ वटा विभिन्न ग्राहक सेवा केन्द्रहरुमा आयोजित मेगा सर्भिस क्याम्प सम्पन्न भएको छ।

यी केन्द्रहरुमध्ये ३ वटा काठमाडौं उपत्यकाका बागडोल, बालकुमारी र सोल्टीमोडमा अवस्थित छन्। त्यसैगरी बाँकी ९ वटा उपत्यका बाहिरका स्थानहरु पोखरा, इटहरी, मेची, विरगञ्ज, ढल्केबार, हेटौँडा, सर्रा, धनगढी, नेपालगञ्जमा रहेका छन्।

तीन दिने क्याम्पमा टाटाका ९५५ वटा ‘पेसेन्जर’ श्रेणीका गाडीहरुको अत्यन्त प्रभावकारी ढंगले जाँच एवम् मर्मत सम्भार गरिएको थियो भने १,५३३ व्यक्तिहरुको सहभागिता थियो। यस्तो जाँच गराउँदा गाडी धनीहरुले विभिन्न आकर्षक छुट एवं अन्य सुविधाहरु प्राप्त गरेका थिए।

म्याक लुब्रिकेंट, एक्साइड ब्याट्री र स्पेयर पार्ट्सको खरिदमा क्रमशः १८, १५ र १८ प्रतिशत छुट लगायत टप वाशिङ, कम्प्युटर डायग्नोसिस, सस्पेन्सन चेक–अप, ब्याट्री र इलेक्ट्रिकल चेक–अपको सुविधा पनि निः शुल्क प्रदान गरिएको थियो। यसको अतिरिक्त यस क्याम्पमा संजीवनी इन्जिन प्याकेज अन्तर्गतको रु ४ हजार नगद फिर्ताको पनि व्यवस्था थियो।

‘हाल नेपालमा टाटाका पेसेन्जर श्रेणीका गाडीहरु बजार द्रुत गतिमा भइरहेको छ। यसै सन्दर्भमा यस्ता गाडीहरुको ग्राहकहरुलाई उत्कृष्ट तवरले सेवा प्रदान गर्ने मुख्य उद्देश्यसहित मेगा सर्भिस क्याम्पको आयोजना गरेका थियौँ’ सिप्रदी ट्रेडिङका कस्टोमर केयर प्रमुख कुमारी भण्डारी भन्छिन्, ‘यो क्याम्पमा साँच्चै नै अपेक्षाभन्दा पनि बढी ग्राहकहरुको सहभागिता भयो। यसले कम्पनीलाई भविष्यमा अझ उत्कृष्ट भन्दा उत्कृष्ट सेवा/सुविधा प्रदान गर्ने प्रेरणा मिलेको छ।’

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x