सिप्रदी ट्रेडिङको ‘महा–एक्सचेन्ज धमाका’ अफर, एक्साइड ब्याट्रीमा ५० प्रतिशतसम्म छुट
वि.सं.२०८३ असोज ३१ शनिवार
shares
काठमाडौं । नेपालका लागि एक्साइड ब्याट्रीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेडले दसैँ–तिहारलाई लक्षित गर्दै ‘महा–एक्सचेन्ज धमाका’ योजना सार्वजनिक गरेको छ। कम्पनीले ग्राहकलाई पुरानो ब्याट्री साटेर नयाँ एक्साइड ब्याट्री खरिद गर्न वा नयाँ ब्याट्री किन्न ५० प्रतिशतसम्म छुट उपलब्ध गराउने जनाएको छ।
सन् २०२६ अक्टोबर १ देखि नोभेम्बर ३० सम्म सञ्चालन हुने यस योजनाअन्तर्गत ग्राहकले जुनसुकै ब्रान्डका पुराना ब्याट्री एक्सचेन्ज गरी एक्साइड ब्याट्री लिन सक्नेछन्। चाडपर्वको अवसरमा ग्राहकलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले कम्पनीले यो योजना ल्याएको हो।
योजनाअन्तर्गत छुटका अतिरिक्त क्यासब्याक र निःशुल्क ब्याट्री चेकअप तथा सर्भिसिङको सुविधा पनि उपलब्ध हुनेछ। कम्पनीका अनुसार योजना अवधिमा प्रत्येक महिना लक्की ड्रमार्फत १५ जना ग्राहकले ५० प्रतिशतसम्म क्यासब्याक जित्ने अवसर पाउनेछन्। साथै, ग्राहकले एकपटक निःशुल्क ब्याट्री चेकअप तथा सर्भिसिङ सेवा प्राप्त गर्न सक्नेछन्।
यस योजनामा सहभागी हुन ग्राहकले नेपालभर रहेका सिप्रदी एक्साइडका आधिकारिक बिक्री केन्द्र तथा रिटेलरबाट एक्साइड ब्याट्री खरिद वा एक्सचेन्ज गर्नुपर्नेछ। त्यसपछि सिप्रदी स्टार एपमार्फत पेपरलेस वारेन्टी दर्ता गरेसँगै ग्राहक स्वतः क्यासब्याक लक्की ड्रमा सहभागी हुने कम्पनीले जनाएको छ।
नेपालभर फैलिएको आधिकारिक बिक्री सञ्जालमार्फत ग्राहकले यो सुविधा लिन सक्नेछन्। चाडपर्वको समयमा ब्याट्री खरिद गर्ने ग्राहकलाई आर्थिक राहत दिनुका साथै पुराना ब्याट्री साटफेर गर्ने प्रक्रियालाई सहज बनाउने कम्पनीको योजना रहेको छ।
योजनासम्बन्धी थप जानकारीका लागि ग्राहकले सिप्रदीका टोल फ्री नम्बर १६६००१५५७७७ वा ९८०१५७५७७७ तथा हटलाइन नम्बर ०१–५९७०३३९ मा सम्पर्क गर्न सक्नेछन्।
‘महा–एक्सचेन्ज धमाका’ योजनामार्फत ग्राहकले पुरानो ब्याट्रीको सट्टा नयाँ एक्साइड ब्याट्री लिँदा छुट, क्यासब्याक र निःशुल्क सर्भिसिङको सुविधा प्राप्त गर्न सक्नेछन्।
































