समाचार पठाउनेलाई अख्तियारले‌ पुरस्कार दिने

1.1K
shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थापना दिवसको अवसरमा समाचार तथा लेख रचना संकलन गरी पुरस्कृत गर्ने भएको छ ।

आगामी माघ २८ गते आयोगको ३२औं स्थापना दिवसको अवसरमा ‘सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार नियन्त्रणमा योगदान पुर्‍याउने पत्रपत्रिका, अनलाईन सञ्चार माध्यम, टी.भी, रेडियोरएफ.एम. रेडियोबाट प्रकाशित तथा प्रसारित उत्कृष्ट समाचार तथा लेख रचना संकलन गरी पुरस्कृत गर्ने आयोगले जनाएको छ ।

समाचार तथा लेख रचना पठाउदा आयोगको वेबसाइटमा प्रकाशित फारम भरी पठाउनु पर्नेछ। लेख रचनाको शब्द सीमा न्यूनतम सात सय शब्दको हुनुपर्ने र समाचारको हकमा शब्द सीमा तोकिएको छैन् । त्यस्तै भाष भने नेपाली वा अंग्रेजी दुवै पाउने छ ।

civil hospital
Hams Hospitals