भ्रष्टाचारको आरोपमा कम्प्युटर अपरेटर विरुद्ध मुद्दा दायर
वि.सं.२०७९ पुस २२ शुक्रवार
shares
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा कम्प्युटर अपरेटर विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले जिल्ला प्रशासन कार्यालय, पर्साका कम्प्युटर अपरेटर ९करार० संजय प्रसाद यादव विरुद्द मुद्दा दायर गरेको हो ।
आयोगका अनुसार यादवले रोक्का रहेको जग्गा फुकुवा गर्न सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी परेको थियो । सोही निवेदनका आधारमा आयोगको टोलीले निज कम्प्युटर अपरेटर यादवलाई सेवाग्राहीसँग ५ हजार रुपैयाँ घुसररिसवत बापतको रकम लिइसकेको अवस्थामा असोज ३१ गते नियन्त्रणमा लिएको थियो ।
अनुसन्धान गर्दा यादवले सेवाग्राहीसँग जग्गा फुकुवा गर्न सहजीकरण गरिदिने भनी भाद्र महिनामा ६ हजार रुपैयाँ असोज गते ५ हजार रुपौयँ गरी ११ हजार रुपैयाँ घुसररिसवत लिएको पुष्टि भएको अयोगले जनाएको छ । यादव विरुद्द आयोगले ११ हजार रुपैयाँ विगो मागदावी सहित शक्रुबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
































