गोकुलको भाग खोेसेर लामिछाने गृहमन्त्री ?

Ghorahi cement

सत्तागठबन्धन हुँदा माओवादी र एमालेको भागबाट गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिने धम्कीसहित खोसेपछि गोकुलप्रसाद बाँस्कोटा मन्त्री हुनबाट वञ्चित भएको काभ्रे एमालेमा चर्चा छ । स्रोतका अनुसार अध्यक्ष ओलीको विश्वासपात्रका रूपमा रहेका बाँस्कोटा ७ थरि दललाई क्याबिनेटभित्र ठेगान लगाउन र अध्यक्षलाई जस्ताको तस्तै ब्रिफिङ गर्नसक्ने पात्र हुन् ।

तर विष्णु पौडेलको नेतृत्वमा अध्यक्ष ओलीले यस पटक मन्त्रीमण्डलमा नयाँ अनुहारलाई पठाउने भएका छन् । त्यसका लागि मापदण्ड निर्धारण गरिएको छ जसमा दुई पटक वा सोभन्दा बढी चुनाव जितेर पनि मन्त्री नभएका, भूगोल, जाति सबै क्षेत्र मिलाउने कुरा छ । अहिले एमालेबाट भएका मन्त्रीमध्ये दामोदर पाण्डेले बैतडीबाट २०७०, २०७५ र २०७९ सालमा जितेका थिए । त्यसैगरी ज्वाला साहले दुई पटक र राजेन्द्र राईले तीन पटक जितेका छन् ।

भ्रष्टाचारमा परेका पाण्डे पनि मन्त्री बन्ने 

नागरिकता र राहदानीको मुद्दा झेल्दै गरेका रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री भएका बेला भ्रष्टाचारमा आरोपित विक्रम पाण्डे पनि मन्त्री हुने पक्कापक्कीजस्तै छ । उनी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चितवनको निर्वाचन क्षेत्र नम्बर ३ का सांसद हुन् । उनीविरुद्ध अख्तियारले सिक्टा सिञ्चाई आयोजनाको अरवौंको ठेक्कामा भ्रष्टाचारको मुद्दा विशेष अदालतमा दायर गरेको थियो । सो मुद्दामा विशेष अदालतले निकै आडि क्लिन चिट दिएको छ । फैसलाको पूर्णपाठ प्राप्त गरेपछि आयोगले सर्वोच्चमा सोविरुद्ध पुनरावेदन गर्ने वा नगर्ने भन्ने निक्र्याेल गर्ने म्याद पनि बाँकी छ । जनआस्था

Shangri-la Development Bank Ltd.
Nepali patro