बचतकर्ताको आशु आउने काम कुनै सहकारी संस्थाले गर्न नहुने

एसियाली ऋण महासंघ (अक्कू) तथा राष्ट्रिय सहकारी बैंक लिमिटेडको सह आयोजनामा सहकारी बैंकका सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिलाई लक्षित गरी आयोजना गरिएको द लिडरसिप वुटक्याम्प सम्बन्धी उत्प्रेरणात्मक तालिम आयोजना भएको छ ।

 

तालिम समापनको अवसरमा बोल्नु हुँदै प्रमुख अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले नेतृत्व विकासका लागि ज्ञान, सिप तथा व्यवहारको उचित संयोजन सबैभन्दा महत्वपूर्ण रहेको बताउनु भयो ।

 

बैंकले सञ्चालन गरेको तालिमले रूपान्तरण सहितको नेतृत्व विकासका लागि सफल रहेको छ भन्ने विश्वास व्यक्त गर्नुहुँदै देशको विकासका लागि सहकारी सामाजिक पुँजी तथा सामाजिक ऊर्जा रहेको उल्लेख गर्नु भयो । उहाँले सरकारलाई आफ्नो संयन्त्रको आधार रहेको तर सहकारी क्षेत्रलाई समाज तथा जनताको प्रत्यक्ष सहयोग रहने बताउनु हुँदै सहकारी अर्थतन्त्रको एक खम्बा मात्र नभई सरकारको सहयात्री रहेको बताउनु भयो ।

 

सहयात्रीले आफ्नो दायित्व निर्वाह गर्नु पर्ने बताउँदै देशको समन्यायिक विकास, प्रदेशगत तथा क्षेत्रगत असन्तुलन, ग्रामीण क्षेत्रमा रहेको आयमूलक गरिबी घटाउन, मानव विकास सूचकाङ्क सुधार, सामाजिक वञ्चित तथा विभेदको निरूपण, बहु–आयामिक गरिबी सूचक सुधार, गिनी कोफिसेन्टको ग्याप सुधारका लागि सरकारले सहकारी क्षेत्रबाट महत्वपूर्ण योगदानको अपेक्षा गरेको बताउनु भयो ।सहकारी विकास र प्रवर्द्धनको लागि वित्तीय तथा गैरवित्तीय क्षेत्रमा राष्ट्रिय सहकारी बैंकको भूमिका महत्त्वपूर्ण रहेको बताउनुहुँदै बैकसँग सरकार सदैव सहकार्य गरी अघि बढ्ने उल्लेख गर्नु भयो । बचत सहकारीमा अवसर संगै विकृति समेत फैलदै गएकोले सोको निरकरण गर्न सवै तत्पर हुनु पर्ने र बचतकर्ताको बचतको सुरक्षा नहुदा बचतकर्ताको आशु आउने काम कुनै संचालक र संस्थाले गर्न नहुने कुरामा उहाले जोड दिनु भयो ।

 

एसियाली ऋण महासंघकी प्रमुख कार्यकारी अधिकृत एलिनिता भि स्यान रोक्के र चिफ अफ टेक्निकल अधिकृत रञ्जित हित्तराचीले नेतृत्वले सहकारी अभियानको दृष्टिकोणलाई परिवर्तन गर्दै आफू अनुकूल अवलम्बन गर्न सकेमा सहकारी अभियानलाई नयाँ उचाइमा पुर्‍याउन सकिने बताएका छन् । बैंकका अध्यक्ष के.बी.उप्रेतीले बुटक्याम्प तालिमले समग्र अभियान सुधार गर्न सहयोग पुग्ने बताउनु भयो । उहाँले सहकारी मन्त्रालय सहकारी अभियानको अभिभावक भएको उल्लेख गर्दै मन्त्रालयले डिजिटाईजेसनमा सहयोग गर्नुपर्नेमा जोड दिनु भयो ।

Shangri-la Development Bank Ltd.
Nepali patro