भोलि र पर्सि पानी पर्ने सम्भावना…
आकाशे पानीको भरमा खेती गर्ने पहाडी र हिमाली क्षेत्रका किसानले वर्षा पर्खिरहेका छन्
वि.सं.२०७९ माघ ४ बुधवार
shares
Photo By: Commuters walk through heavy monsoon rain in Shimla on Tuesday. Rain fell in several areas of India, bringing down temperatures in the region as the monsoon season approaches.
Photo Amit Kanwar
काठमाडौं । आज पनि मौसम बदली भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण मौसम बदली भएको हो ।
आज गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमामा आंशिक बदली रहेको छ । तराईका केही भु-भागमा हुस्सु/कुहिरो लागेको छ र बांकी भू-भाग सामान्यतया सफा छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कर्णाली प्रदेश,गण्डकी प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू-भागहरुका केही ठाउँमा दिउँसो र राति हिमपात हुने सम्भावना छ ।सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत पहाडी भू-भागमा बिहीबार भने बदली भई हिमपातका साथै वर्षा पनि हुने सम्भावना रहेको छ ।
यो क्रम शुक्रबारसम्मै रहने महाशाखाले जनाएको छ ।यसपटक हिउँद सुरु भएदेखि पानी पर्न सकेको छैन । आकाशे पानीको भरमा खेती गर्ने पहाडी र हिमाली क्षेत्रका किसानले वर्षा पर्खिरहेका छन् ।





























