श्रममन्त्रीको बचाउमा रवि लामिछाने, प्रमाण ल्याउन चुनौती !

नदेख्ने भन्ने कुरा नै हुँदैन

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले स्वार्थ बाझिने गरि आफ्नो पार्टीले मन्त्री सिफारिस नगरेको दावी गरेका छन् । मेनपावर व्यवसायीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनाएको भन्दै सार्वजनिक आलोचना भैरहेका बेला उनले आफ्नो निर्णयको बचाउमा यस्तो दावी गरेका हुन् ।

रास्वपाले कन्सल्टेन्सी सञ्चालक डोलप्रसाद अर्याललाई श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनाएको भन्दै त्यस पार्टीका सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेको चर्को आलोचना भैरहेको छ । त्यसबारे आज एक जना पत्रकारले प्रश्न गरेपछि उनले अर्याल मेनपावर व्यवसायी नभएको गुमाउरो जवाफ दिए ।

कुन म्यानपावरमा हो जानकारी दिन आग्रह गरेकाउनले संलग्न भएको पाइएमा कारबाही गर्ने बताए ।

व्यक्ति हत्याको आरोपमा अदालतबाट सजाय सुनाइएका र प्रहरीको फरार सूचीमा रहेका निलम्बित सांसद प्रतिनिधिसभाको बैठकमा उपस्थित हुँदासमेत किन पक्राउ गर्न नसकेको भन्ने पत्रकारको प्रश्नमा गृहमन्त्री लामिछानेले सभामुखको रुलिङ नभएकाले नसमातेको बताए ।

निलम्बित सांसद लक्ष्मी महत्तो कोइरीलाई आफूले पनि देखेको तर, सभामुखको रुलिङ नभएका कारण समात्न नसकेको बताउँदै उनले गलत काम गर्ने गर्नेलाई कारबाही गर्न पछि नहट्ने दाबी गरे ।

 

उनले भने, ‘नदेख्ने भन्ने कुरा नै हुँदैन । तर सभामुखबाट रुलिङ हुनुपर्छ । मैले भनिसकेको छु, राज्यका निकायहरुलाई निरीह बनाइएको छ, नतिजा आउन समय लाग्छ । हेर्दै जानुहोला, नतिजा आउने छ । गलत काम गरेका मानिसहरु कोही पनि बाँकी रहँदैन । केही समयका लागि लुक्ने भाग्ने होला तर हामी समातेरै छोड्छौँ ।’ जनआस्था

Shangri-la Development Bank Ltd.
Nepali patro