वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भण्डारी निर्वाचित

संघको निर्वाचनमा ४ प्यानल प्रतिस्पर्धामा रहेपनि भण्डारी प्यानल बहुमतसहित विजयी भए

काठमाडाैं। नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा नेकपा एमालेनिकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चको प्यानलका उम्मेदवार राजेन्द्र भण्डारी निर्वाचित भएका छन् । शुक्रवार भएको २९औं साधारणसभा तथा अधिवेशनबाट भण्डारी अध्यक्ष निर्वाचित भएका हुन् ।

 

संघ वैदेशिक रोजगार व्यवसायीको छाता संगठन हो । संघको निर्वाचनमा ४ प्यानल प्रतिस्पर्धामा रहेपनि भण्डारी प्यानल बहुमतसहित विजयी भएको निर्वाचन परिचालक कमिटीका ललितपुर संयोजक तथा मञ्चका सल्लाहकार शुक्र पाख्रिनले जानकारी दिए ।

 

मञ्चको प्यानलबाट प्रथम उपाध्यक्षमा दिकबहादुर खत्री, द्वितीय उपाध्यक्षमा सञ्जु गुरुङ, तृतीय उपाध्यक्षमा रोशन कटुवालसहित ९ जना निर्वाचित भएका छन् । संघको कार्यसमिति १७ सदस्यीय छ ।

 

नेपाली कांग्रेसनिकट लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको प्यानलबाट महासचिवमा भोजराज भुसाल र सचिवमा कर्ण कटुवालसहित ७ जना निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रनिकट गणतान्त्रिक वैदेशिक रोजगार व्यवसायी मञ्चबाट १ जना निर्वाचित भएका छन् ।

Shangri-la Development Bank Ltd.
Nepali patro