भूमि प्रशासनको सेवा गुनासोमुक्त हुन नापी र मालपोत कार्यालयहरुको एकीकरण र लेखापढी व्यवसायी पनि सदाचार हुनु आवश्यक

Ghorahi cement

काठमाडौँ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मालपोत र नापी कार्यालयहरुको सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्रत्येक महिना सचिव संग कार्यालय प्रमुख कार्यक्रम संचालनमा ल्याएको छ । भर्चुअल माध्मवाट संचालन हुने सो कार्यक्रममा देशभरिका सवै मालपोत र नापी कार्यालय प्रमुखहरुले मन्त्रालयका सचिव र विभागीय प्रमुख संग अन्तरक्रिया गर्न पाउछन् ।

कार्यालयले भोगेका समस्याहरु र कार्याले सेवा प्रवाहमा अपनाएका अभ्यासहरु वारे विचार विनिमय गर्ने उक्त कार्यक्रमको लक्ष्य रहेको कुरा सचिव डा दामोदर रेग्मीले बताए ।

यस कार्यक्रमको आयोजनाले जिल्लामा रहेका कर्मचारीहरुले सचिव र विभागीय प्रमुखहरुसंग अन्तरक्रिया गर्न पाउंदा काममा समन्वय र भोगेका समस्याहरु समाधान गर्न सहयोग पुगेको उनले बताए । नापी र मालपोतका हाकिमहरुलाई एकै ठाउंमा राखेर छलफल गराउंदा उक्त निकायहरुवाट सम्पादन हुने कार्यहरुमा एकरुपता ल्याउन सहयोग पुगेको उनले बताए ।

सचिवज्यूको पहलमा शुरु भएको यो कार्यक्रमको महत्व रहेको र हामीले गर्ने गरेका आकस्मिक निरीक्षणका क्रममा देखिएका कमी कमजोरीहरु सुधार गर्न र सुशासन इकाइले निर्देशन गरेका कामहरु सम्पन्न गरि सवै कार्यालयहरुलाई सदाचारिता तर्फ उत्प्रेरित हुन यस कार्यक्रमले सहयोग पुगेको कुरा प्रशासन महाशाखा प्रमुख निराजन घिमिरेले बताए । नापी विभागका महानिर्देशक जनकराज जोशीले नापी र मालपोत कार्यालयका सेवा प्रवाहका दैनिक कामहरु गुनासोरहित तवरबाट सम्पन्न गर्न कार्यालय प्रमुखहरु विना हिच्किचाहट प्रतिबध्द रहनु पर्ने बताए । भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रका कार्यकारी निर्देशक गणेशप्रसाद भट्टले भूमि प्रशासनको कामलाइ झन्झटयुक्त बनाउनु हामी सवैको दायित्व भएको र यसमा प्रशिक्षण केन्द्र प्रतिबध्द रहदै आएको बताए ।

कार्यक्रममा सहभागी कार्यालय प्रमुखहरुले नापी र मालपोत कार्यालयको सेवा प्रवाहलाइ गुनासोमुक्त बनाउने हो भने नापी र मालपोत कार्यालयहरुको एकीकरण र लेखापढी व्यवसायी पनि सदाचार हुनु पर्ने विभागहरुले कार्यालयका दैनिक कामहरुमा आएका अप्ठ्याराहरुको सहजीकरण गरिदिनु पर्ने कुरा बताए । सचिव मन्त्रालयको सेवा प्रवाहमा गुनासो बढिरहेको हुदा यसलाई चुस्त दुरुस्त र गुनासो रहित वनाउने प्रयासलाई निरन्तरता दिने क्रममा सचिव रेग्मीले नापी र मालपोत कार्यालयको आकस्मिक निरीक्षण गर्ने, कार्यालयको प्रतिवेदन प्रणालीलाइ व्यवस्थित बनाउने, कार्यालयहरुको सेवा प्रवाहको स्थिति सुधार्ने , अभिलेख व्यवस्थापनलाइ राम्रो बनाउने, हेल्प डेस्कलाई सेवाग्राहीमैत्रीय बनाउने, मालपोत र नापी कार्यालयहरुले समन्वयात्मक रुपमा काम गर्नु पर्ने, विचौलियाको कारणले सेवाग्राहीले अतिरिक्त रकम बुझाउनु परेको अवस्थाको अन्त गर्ने विषयलाई प्राथमिकता दिदै आएका छन् ।

Shangri-la Development Bank Ltd.
Nepali patro