स्याङ्जाको गल्याङ नगरपालिकाका नगर प्रमुख सहित ६जना बिरुद्ध मुद्दा दायर

काठमाडौं । स्याङ्जाको गल्याङ नगरपालिकाबाट भएको अदुवाको बीउ खरिदमा अनियमितता भएको पाइएको छ । उक्त अनियमितततामा संलग्न ६ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

आयोगले गल्याङ नगरपालिकाका तत्कालिन नगर प्रमुख भुपराज अधिकारी, प्रमुख प्रकाशकीय अधिकृत, लेखापाल, आपुर्तिकर्ता स्पुक ट्रेडर्स प्रालिका प्रतिनीधिसहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको हो । उनीहरुले लागत अनुमान प्रचलित कानून बमोजिम नगरी बीउ खरिदमा अनियमितता गरी भ्रष्टाचार गरेको आयोगको भनाई छ ।

 

अख्तियारका अनुसार तत्कालीन नगर प्रमुख अधिकारीले दररेट निर्धारण समितिले अदुवाको बीउको दररेट तय गर्ने गरी गरेको सिफारिसमा मनासिव कारण विना नै अस्वभाविकरुपमा दररेट थप गरी अदुवाको बीउको खरिद गरेको पाइएको छ । जसबाट नगरपालिकालाई ज्ञघ लाख रुपैयाँ थप व्ययभार पारी आपूर्तिकर्तालाई गैरकानूनी लाभ र गल्याङ नगरपालिकालाई गैरकानूनी हानी पुर्याइएको छ ।

 

अधिकारीविरुद्धज्ञघ लाख रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको छ । त्यस्तै, उक्त कार्यमा सोही नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद पाण्डे, तत्कालीन बाली विकास अधिकृत अरविन्द मणि त्रिपाठी, तत्कालीन लेखापाल राजेन्द्र रेग्मी र तत्कालीन खरिदार सन्तोष कोइरालासमेत संलग्न रहेको आयोगले जनाएको छ ।

 

उनीहरुले स्पेशिफिकेशनमा उल्लिखित कागजातहरुको परीक्षण नै नगरी गुणस्तरहीन अदुवाको बीउ गानो खरिद गरी भुक्तानीका लागि टिप्पणी आदेश पेश गरेको पाइएको छ । पेश भएको उक्त टिप्पणी आदेश स्वीकृत गरी पटक पटक २ करोड १४ लाख ५० हजार रुपैयाँ भुक्तानी दिएकोले आपूर्तिकर्तालाई गैरकानूनी लाभ र गल्याङ नगरपालिकालाई हानी पुगेको आयोगको ठहर छ । उनीहरुसँग एक करोड ९७ लाख ७० हजार चार सय ९९ रुपैयाँ बिगो माग गरिएको छ ।

 

त्यस्तै, काठमाडौंको तीनकुनेमा रहेको अदुवाको बीउ आपूर्तिकर्ता स्पुक ट्रेडर्स प्रालि र उक्त प्रालिका अख्तियार प्राप्त प्रतिनिधि शिव प्रसाद न्यौपानेले गुणस्तरहीन अदुवाको बीउ आपूर्ति गरी भुक्तानी लिई आफूलाई गैरकानूनी लाभ गरेको आयोगको भनाई छ । न्यौपानेसँग आयोगले २ करोड १० लाख ७० हजार ४९९ रुपैयाँ विगोमाग गरी सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro