उपसचिव चुडालको भ्रष्टाचार वृत्तान्त, अख्तियारका कर्मचारीकै अगाडि देखाए काला जादु

दराजभित्र ८ लाख रुपैयाँ नगद, ९ बोतल ब्राण्डेड रक्सी र चार वटा मोबाइल फोन बरामद

राष्ट्र सेवाको क्षेत्रमा उल्लेख्य योगदान पु¥याएको भन्दै वीरता जेसीज सहित एक सय वढी संघ संस्थाले पूर्णप्रसाद चुडाललाई २०७५ उत्कृष्ट नागरिक सम्मान प्रदान गरिएको उनी हाल प्रहरीको नियन्त्रणमा छन् । विमानस्थलको आन्तरिक टर्मिनलसम्म आवतजावत गर्ने पास मिलाएर सजिलो बनाइदिएको भन्दै उनीविरुद्ध उजुरी परेको थियो । त्यस्तो सहजीकरण गरेबापत चुडालले मासिक १० हजारका दरले घुस लिएको अख्तियार टोलीले भेटेको छ ।

उनले ०७८ कात्तिकदेखि प्रतिमहिना १० हजारका दरले १५ महिनाको एकमुष्ठ डेढ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको अख्तियार स्रोतले बतायो । घुस लिइसकेको अवस्थामा कार्यकक्षबाटै अख्तियार टोलीले उनलाई पक्राउ गरेको हो । सेवाग्राही डेढ लाख रुपैयाँ बोकेर उनको कार्यकक्षमा छिरेका थिए । आयोगका एक जना प्रहरी उपरीक्षक (एसपी) को नेतृत्वमा गएको टोलीले ती रकमको नम्बर पहिल्यै नोट गरेको थियो ।

तर, जब आयोगको टोली चुडालको कार्यकक्षमा प्रवेश गर्‍यो, त्यसबेला त्यहाँ घुसवापत लिएको डेढ लाख रुपैयाँ भेटिएन । दराजभित्र ८ लाख रुपैयाँ नगद, ९ बोतल ब्राण्डेड रक्सी र चार वटा मोबाइल फोन बरामद भयो । त्यहाँबाट बरामद रकमलाई पहिले टिपिएका नोटका नम्बरसँग भिडाउने प्रयास गरे, तर कुनै नोटको अंक मिलेन । घुसवापतको रकम कसरी गायब भयो भन्ने विषयमा मंगलबारबाट विस्तृत अनुसन्धान हुने अधिकृतहरु बताउँछन् ।

Shangri-la Development Bank Ltd.
Nepali patro