डिजिटल माध्यमबाट पढाउन विद्यालयहरुलाई शिक्षा मन्त्रालयको आग्रह

मन्त्रालयले श्रव्यपाठ उत्पादन, प्रसारण र वितरणमा जोड दिनुपरेको बताए

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले डिजिटल माध्यमको प्रयोगबाट शिक्षण सिकाईलाई प्रभावकारी र गुणस्तरीय बनाउन आग्रह गरेको छ ।

मन्त्रालयले कक्षा १ देखि १२ सम्मको पाठ्यक्रम र पाठ्यपुस्तकमा आधारित डिजिटल माध्यमका सामग्रीको अधिकतम उपयोग गरी शिक्षण सिकाईलाई प्रभावकारी र गुणस्तरीय बनाउन स्थानीय तह र शिक्षा तथा समन्वय ईकाईहरुलाई आग्रह गरेको हो । विद्यालय तहको पाठ्यपुस्तक समयमा उपलब्ध नहुने र डिजिटल माध्यमको प्रयोगसमेत बढ्दै गएको हुनाले मन्त्रालयले श्रव्यपाठ उत्पादन, प्रसारण र वितरणमा जोड दिनुपरेको बताएको छ ।

आज विज्ञप्ति जारी गर्दै मन्त्रालयले आईसीटी ल्याप सञ्चालन गरिरहेका ६ हजार ८६९ विद्यालयमा सूचना तथा सञ्चार प्रविधि प्रयोगशाला स्थापना भएको र श्रव्य पाठ तथा ई–पुस्तकालयको पनि प्रवर्दधन हुँदै आएको जानकारी गराएको छ ।

मन्त्रालयले सो व्यवस्था नभएको विद्यालयमा तत्काल प्रबन्ध गरी शिक्षण सिकाइलाइ प्रभावकारी र गुणस्तरीय बनाउन भनेको छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro