भूमी प्रशासनका प्राज्ञिक बिधामा के यु सङ्ग सहकार्य हुने- सचिव डा. रेग्मी

1.5K
shares

काठमाडौँ।भूमी प्रशासनका प्राज्ञिक बिधामा के यु सङ्ग सहकार्य हुने- सचिव डा. रेग्मी भूमी ब्यबस्था , सहकारी तथा गरिबी निबारण मन्त्रालयले भूमी प्रशासन का विभिन्न बिधाहरुमा अनुसन्धान ,जनशक्ती उत्पादन तथा नवीन अबधारणाको प्रयोगमा काठमाण्डौ विश्वविद्यालय सङ्ग सहकार्य बढाउने भएको छ। मन्त्रालय र बिश्वबिद्यालयका उच्च पदधिकारीहरुको भेटमा सो कुरा भएको हो।

सो अबसरमा मन्त्री राजेन्द्र कुमार राइले भूमी प्रशासनका बिसयमा अध्यन अनुसन्धान गर्नु आबश्यक छ यसमा काठमाण्डौ विश्व बिद्यालयको सहयोग आबश्यक रहेको कुरा बताए। मन्त्रालयका सचिब डा दामोदर रेग्मीले हाल यश विश्व बिद्यालय बाट मन्त्रालयको सहकार्यमा जियोमेटृक इन्जिनियरिङ्ग बिसयमा पढाइ भैरहेकोमा भूमी प्रशासन बहु बिधायुक्त क्षेत्र भएकोले अन्य बिधाहरुमा समेत सहकार्यको सम्भावना रहेको बताए। विश्व बिद्यालयका उपकुलपती भोला थापाले मन्त्रालय सङ्ग सहकार्य गर्न पाएकोमा खुशी ब्यक्त गर्दै आगामी दिनमा सह्कार्य गर्न इच्छुक रहेको ब्स्ताए।

रजिस्ट्रार अच्युत वाग्लेले प्राग्यिक सस्था र सरकारबिच निरन्तर सहकार्य आबश्यक रहेको बताए। भूमी ब्यस्थापनको कार्य विभिन्न बिधाहरु सङ्ग सम्बन्धित रहेकोले अब यी बिधाहरु सम्मृद्ध हुँदै भूमी प्रशासन सेवाग्राही मैत्री बनाउन यस्ता कार्यहरु गर्न लागिएको मन्त्रालयले जनाएको छ।

civil hospital
Hams Hospitals