सिटिजन्स बैंकको कार्यकारी अधिकृतमा पुनः पोखरेल

काठमाडौँ।सिटिजन्स बैंक इन्टरनेसनलको कार्यकारी अधिकृतमा गणेशराज पोखरेल दोहोरिएका छन् । बैंक सञ्चालक समितिको ४११ औँ बैठकले पोखरेललाई आगामी चार वर्षका लागि निरन्तरता दिँदै पुनः कार्यकारी अधिकृत नियुक्त गरेको हो । स्थापनाकालदेखि नै पोखरेलले सिटिजन्स बैंकसँग आबद्ध भई विभिन्न ओहोदामा रही नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको बैंकले जनाएको छ । २०६५ सालदेखि उनी दोस्रो वरियतामा थिए ।

साथै, बैंकिङ्ग क्षेत्रमा एक अनुभवी बैंकरका रुपमा परिचित पोखरेलले त्रिभुवन विश्वविद्यालयबाट मार्केटिङमा स्नातकोत्तर, कानुनमा स्नातक तथा काठमाडौँ विश्वविद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् । उनले सिटिजन्समा आबद्ध हुनुअघि विभिन्न संस्थामा महत्वपूर्ण ओहोदामा रही सफल कार्यसम्पादन गरेको बताइएको छ ।

व्यवस्थापन क्षेत्रमा उनको ३० वर्ष लामो अनुभव रहेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro