क्रेडिट कार्डको मासिक भुक्तानीमा एनएमबी बैंककोे ‘इन्स्टा बाइ’

एनएमबी बैंकले नयाँ क्रेडिट कार्ड किस्ता सुविधा ‘इन्स्टा बाइ’ सार्वजनिक गरेको छ । क्रेडिट कार्ड खरिदलाई व्यवस्थित मासिक भुक्तानीमा विभाजन गर्न बैंकले यस्तो कार्यक्रम ल्याएको बताइएको छ ।

 

यो सुविधा लागू भएसँगै ग्राहकले न्यूनतम ब्याजदरमा आफ्नो खरिद बराबर मासिक किस्तामा भुक्तान वा छनौट गर्न सक्ने छन् । बैंकका अनुसार यो सुविधामार्फत् अस्पताल, होटल, रेस्टुरेन्टलगायतका बिल तथा अन्य सेवाको भुक्तानी गर्न सकिनेछ ।

 

 

त्यसैगरी ठूला खरिदका लागि वा लामो अवधिसम्म आफ्ना खरिद लागत बढाउन चाहने ग्राहकहरुका लागि उत्कृष्ट विकल्प भएको बैंकले जनाएको छ । सुविधा प्रयोग गर्न ग्राहकले बैंकको वेबसाइटमा लग इन गरी प्रडक्ट एण्ड सर्भसिसेसमा क्लिक गरी वैकल्पिक डेलभिरी च्यानलअन्तर्गत इन्स्टा बाइ चयन गरी आफ्नो खरिदको भुक्तानी गर्न चाहेको कुल महिनाको संख्यासहित विवरण भर्नुपर्ने छ ।

 

विगत २६ वर्षदेखि बैंकिङ्ग सेवा प्रदान गर्दै आएको एनएमबी बैंक नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त वित्तिय संस्था हो । हालसम्म देशभर एनएमबी बैंकले २०१ शाखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकलाई उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको बताएको छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro