सुदूरपश्चिमका कप्तान दीपेन्द्रद्वारा रेकर्ड : हिर्काए ३ अर्धशतक  

232
shares
Nabil bank

 

काठमाडौं । सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा अर्को रेकर्ड राखेका छन् । ऐरीले जारी संस्करणमा तीन अर्धशतक प्रहार गरेका छन् । उनी तीन अर्धशतक हिर्काउने एक्लो खेलाडी हुन् ।

तेस्रो अर्धशतक आज लुम्बिनी लायन्सकाविरूद्ध हिर्काए । यसअघि काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्सकाविरूद्ध पनि उनले अर्धशतक प्रहार गरेका थिए ।

जारी एनपीएलमा हालसम्म २३ अर्धशतक र एक शतक प्रहार भएको छ । सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले ३ पोखरा एभेन्जर्सका कुशल भुर्तेल, पोखराकै युवराज सामरा, काठमाडौं गोर्खाजका राशिद खान र विराटनगर किङ्सका लोकेश बमले दुई/दुई अर्धशतक हिर्काएका छन् ।

विराटनगरका इमरान शेख,आन्द्रे रसेल, चरिथ असलङ्का, काठमाडौं गोर्खाजका डेभिड वार्नर, जनकपुर बोल्ट्सका तृतराज दास, मोइन अली, शैफ हसन, कर्णाली याक्सका कप्तान सोमपाल कामी, डेभिड मिलर,हुसैन तलत, चितवन राइनोजका डेभिड मलान,रवि बोपराले अर्धशतक हिर्काएका थिए ।

यो सिजनमा शतक हिर्काउने एकमात्र खेलाडी पोखरा एभेन्जर्सका युवराज सामरा हुन् । उनले कर्णाली याक्सकाविरूद्ध ४५ बलमा शतक पूरा गरेका थिए ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x