फागुन १ गते सार्वजनिक बिदा…

काठमाडौं। कर्णाली प्रदेश सरकारले फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। हिजो सोमबार बसेको मन्त्रिपरिषद् बैठकले फागुन १ गते देशमा जनयुद्धु शुरू भएको भन्दै उक्त दिनलाई जनयुद्ध दिवसका रूपमा बिदा दिने निर्णय गरेको हो।

प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्रीमा राजकुमार शर्मा छन्।

कर्णाली सरकारमा नेकपा एमाले, नेकपा एस, राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन छ। प्रवक्तामा आन्तरिक मामिला तथा कानुन मन्त्रीलाई तोक्ने पनि निर्णय गरेको छ।

Shangri-la Development Bank Ltd.
Nepali patro