फेरि बन्यो एनसिईबी स्कुल ( NCEB SCHOOL) प्रथम ।
वि.सं.२०७९ माघ २८ शनिवार
shares
काठमाडौं । नागार्जुन नगरपालिका भरका कक्षा ८ का बिद्यार्थीहरु विच प्याब्सनद्वारा आयोजित बिएलई क्विज ( BLE Quiz) मा सदा झैं रानीवन स्थित एनसिईबी स्कुल ( NCEB SCHOOL) ले सबै बिद्यालयलाई जितेर प्रथम स्थान हासिल गरेको छ ।
यस पहिला समेत कक्षा ८ को नगर स्तरीय परीक्षा तथा क्विजमा प्रथम, एसएलसि वा एसईई परीक्षामा समेत प्रथम हुन सफल एनसिईबी स्कुल ( NCEB SCHOOL) ,शहरमा साँच्चिकै गुणस्तरीय शिक्षा दिने बिद्यालयका रुपमा स्थापित छ। यहाँबाट उत्तीर्ण बिद्यार्थीहरु अनुशासित, सभ्य र प्रतिस्पर्धि बनेका पाईन्छन् भने अमेरिकी विश्वविद्यालयमा छात्रवृत्तिमा छनोट हुने गरेका समेत छन् । आफ्नो छोराछोरी संस्कारयुक्त र ट्यालेण्ट बनाउन चाहने अभिभिवकले मात्रै बुझ्न सक्ने क्षमता भएको यो बिद्यालय अंग्रेजी ,गणित , विज्ञान तथा सामाजिक शिक्षकद्वारा सञ्चालित बिद्यालय भएकोले गुणस्तरीय शिक्षा प्रदान गरेर देशभर टप ५० बिद्यालयका रुपमा रहेको समेत बताएको छ ।
साँच्चिकै गुणस्तरीयता खोज्ने अभिभावकको दवावका वावजुत सिमित बिद्यार्थी मात्रै पढाउने गरेको बिद्यालयका एक शिक्षकले जानकारी दिए ।
































