आज हल्का बर्षासहित हावाहुरीको सम्भावना
वि.सं.२०८० वैशाख ९ शनिवार
1.4K
shares
shares
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको र स्थानीय वायुको प्रभावले कोशी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ।
आज दिउँसो कोशी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
अपराह्न पछि पश्चिम तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ। पहाडी भू-भागमा राति पनि क्षणिक वर्षाको सम्भावना रहेको छ।




























