भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई कारबाहीको दायरामा ल्याउँछौं :गृहमन्त्री श्रेष्ठ

Ghorahi cement

काठमाडौं। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणलाई तथ्य र प्रमाणका आधारमा निस्कर्षमा पु¥याउने प्रतिवद्धता व्यक्त गरेका छन्। बुधबार मन्त्रालयमा नेकपा (एकीकृत समाजवादी)का नेता तथा कार्यकर्ताहरुले नक्कली शरणार्थी प्रकरणको सत्यतथ्य छानबिन गरी दोषीउपर कारबाहीको माग गर्दै बुझाएको ज्ञापनपत्र बुझदै उनले यस्तो प्रतिवद्धता जनाएका हुन्।

 

उनले नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई बाहिर पठाउने र त्यसबाट पैसा संकलन गरी सम्पती आर्जन गर्नेकुरा संगठित अपराध भएको बताए। यो अपराधमा संलग्न जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याउने उनले बताए।

 

उनले कुनैपनि भ्रष्टाचारका प्रकरणहरु निष्पक्ष भएर छानबिन गर्ने र कुनैपनि दवावमा वा कुनैपनि अवाञ्छित प्रभावबाट सरकार प्रभावित नहुने बताए। नेकपा (एकीकृत समाजवादी)को तर्फबाट पार्टी उपमहासचिव जगन्नाथ खतिवडासहितको टोली गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको थियो।

Nepali patro