काँग्रेस नेता गुरुङ साढे ९ करोड ठगी प्रकरणमा पक्राउ

Ghorahi cement

काठमाडैँ । प्रहरीले नेपाली काँग्रेस महासमिति सदस्य कृष्ण मुरारी गुरुङलाई करिब साढे ९ करोड रुपैयाँ ठगी गरेको भन्दै पक्राउ गरेको छ ।

 

काठमाडौँ जिल्ला प्रहरी परिसर टेकुले सिन्धुली गोलन्जोर गाउँपालिका वडा नं. ४ घर भएका वर्ष ४३ वर्षीय गुरुङलाई विभिन्न व्यक्तिको नगद तथा सुनसहित करिब ९ करोड ६० लाख रुपैयाँ विभिन्न प्रलोभन देखाई ठगी गरेका आरोपमा पक्राउ गरेको एसएसपी दान बहादुर कार्कीले बताए ।

कार्कीका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौँले पक्राउ गरी ठगी, अपराधिक लाभ तथा आपराधिक विश्वासघात सम्बन्धी कसूरमा काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro