दुई वर्षभित्र काठमाण्डाैकाे कीर्तिपुर र मुलपानी क्रिकेट रङ्गशालाको स्तराेन्नति गर्ने

काठमाण्डाै । सरकारले आउँदाे दुई वर्षभित्र काठमाण्डाैकाे कीर्तिपुर र मुलपानी क्रिकेट रङ्गशालाको स्तराेन्नति गर्ने भएकाे छ ।

 

आज शुक्रवार संसदमा प्रस्तुत भएको आउँदाे आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रममा दुई वर्षभित्र कीर्तिपुर र मुलपानी क्रिकेट रङ्गशालाकाे स्तराेन्नति गरी अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन हुने व्यवस्था गरिने उल्लेख छ । यस्तै चितवनको भरतपुर, कैलालीको फाप्ला, बैतडीको दशरथचन्द र मोरङकाे विराटनगर क्रिकेट रङ्गशालाको पूर्वाधार निर्माण कार्य अघि बढाइने जनाइएकाे छ ।

 

सरकारले हरेक विद्यालयमा खेल शिक्षकको व्यवस्था गर्ने नीति पनि लिएकाे छ । वार्षिक खेलकुद क्यालेन्डर तयार गरी अन्तरपालिका तथा प्रदेशस्तरीय प्रतियोगिताकाे आयोजना गरिने, एक वडा एक खेल मैदान, एक पालिका एक कभर्ड हलको निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

 

सरकारले खेलकुदलाई राष्ट्र्को पहिचान¸ गौरव र प्रतिष्ठा बढाउने माध्यमको रूपमा विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलकुद प्रतियोगिता आयोजना गर्न जोड दिने भएकाे छ । साथै अन्तर्राष्ट्रिरयस्तरका खेलकुद प्रतियोगितामा पदक जित्ने खेलाडीलाई प्रोत्साहन एवम् पुरस्कृत गरिने उल्लेख छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro