घरबाट खाना लगेर अर्थमन्त्रीले बनाए बजेट

काठमाडौं । अर्थमन्त्री डा‍.प्रकाशशरण महतले घरमा नै बनेको खाना खाएर बजेट निर्माण गरेका छन् । लोकदर्शन रेग्मी अर्थसचिव भएको बेला बजेट निर्माणको क्रममा पाँचतारे होटलबाट खाना मगाइएको थियो । अहिले अर्थमन्त्री महतले भने घरबाट नै खाना लगेर खाने गरेका छन् ।

 

यसअघि, युवराज खतिवडाले पनि घरबाट लगेर तथा मन्त्रालयको क्यान्टिनमा बनेको खाना खाएर बजेट बनाएका थिए । अर्थमन्त्री महत बजेट लेखनमा जेठ १ गतेदेखि निरन्तर खटिरहेका छन् । जेठ १ गतेदेखि बजेट निर्माण व्यस्त भएका मन्त्री महत बिहान ७ बजे अर्थ मन्त्रालय पुग्ने गरेका छन् ।

 

त्यसपछि मन्त्रालयमा हुने भेटघाटहरु पनि बन्द गरेर अर्थमन्त्रीका हरेक क्षण बजेट निर्माणमा मात्र केन्द्रित भयो । डरलाग्दो रुपमा घट्दो राजश्व संकलनको अवस्था, बजेट कार्यान्वयनमा देखिएको समस्या, आर्थिक वर्षको अन्तिममा आएर हुने रकमान्तरणको समस्या, स्रोत सुनिश्चित नभई प्रभाव र पहुँचका भरमा दिइएका स्रोत सुनिश्चिताले बजेटमा पारेको असरलगायतका विषयहरुमा केन्द्रित भएर निरन्तर छलफल गरेका छन् ।

Shangri-la Development Bank Ltd.
Nepali patro