भन्सार विभागको महानिर्देशकमा पौडेल नियुक्त

काठमाडौं।भन्सार विभागको महानिर्देशकमा सहसचिव शोभाकान्त पौडेललाई पठाइएको छ । यस अघिका भन्सार विभागका डिजी चक्र बूढालाई पर्यटन मन्त्रालयमा पठाएर त्यहाँ शोभाकान्तलाई खटाइएको हो ।बूढा गत मंसिर २९ गते भन्सार विभागको महानिर्देशक भएर गएका थिए । उनी २० वैशाखमा त्यहाँबाट सरुवामा परेर पर्यटनमा पुगेका थिए । त्यस यता झण्डै एक महिना महानिर्देशक बिहिन रहेको विभागले नयाँ महानिर्देशक पाएको हो ।

 

गत ११ जेठमा पौडेल खानेपानी मन्त्रालयबाट अर्थमा भित्राइएको थियो । उनलाई बजेटको मुखमा अर्थमा भित्राइएसँगै भन्सार विभागको महानिर्देशक बनाउन लागेको चर्चा त्यतिबेलादेखि चल्दै आएको थियो । यद्यपि भन्सार विभागका महानिर्देशकका लागि भुपाल बरालहरुको नाम पनि चर्चामा थियो । महानिर्देशक बन्ने चर्चामा विभागका उपमहानिर्देशक सेवन्तक पोखरेलको नाम पनि चर्चामा थियो । यी सबैलाई जिल्याउँदै पौडेलले महानिर्देशकमा बाजी मारेका हुन ।

 

पौडेलले यस अघि आन्तरिक राजस्व विभागको महानिर्देशकका जिम्मेवारी सम्हालिसकेका छन् । जर्नादन शर्माले पौडेललाई २०७८ भदौमा आन्तरिक राजस्व विभागको महानिर्देशक बनाएर पठाएका थिए। उनैले पौडेललाई सरुवा गरेर दीर्घराज मैनालीलाई प्रमुख बनाएका थिए। पौडेलले अर्थ मन्त्रालयअन्तर्गत रहेको राजस्व व्यवस्थापन महाशाखाको जिम्मेवारसमेत सम्हालिसकेका छन्।

Shangri-la Development Bank Ltd.
Nepali patro