नेपाल एयरलाइन्समा कर्मचारी माग

Ghorahi cement

काठमाडौं । नेपाल वायुसेवा निगमले विमान परिचारिका (एयर होस्टेज) माग गरेको छ । निगमको उड्डयन सेवा, क्याबिन क्रु समूहतर्फ करार सेवामा ३० जना एयर होस्टेज मागिएको हो । आज सूचना प्रकाशित गर्दै निगमले योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई आगामी १५ दिनभित्र आवेदन दिन भनेको छ । साथै, दोब्बर दस्तुर तिरेर भद्रौ २१ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

 

एयर होस्टेज पदमा आवेदन दिनका लागि १८ वर्ष पूरा भएको र २५ वर्ष ननाघेको हुनुपर्छ । त्यस्तै, मान्यता प्राप्त शैक्षिक संस्थाबाट प्लस टु वा प्रवीण्ता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्छ ।

कम्तीमा ५ फिट २ इन्च उचाइ भएको, नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार नठहरिएको, निगमबाट तोकिएको युनिफर्म लगाउँदा देखिने ठाउँमा टाटु नभएको र कुनैै प्रकारको अशक्तता, अपांगता नभएको पनि हुनुपर्ने निगमले जनाएको छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro