skip this Content block

बैंक खाता रोक्का हुने चेतावनीपछि वैदेशिक रोजगार ठगीका ४७ आरोपित सम्पर्कमा

261
shares
Nabil bank

 

काठमाडौं । वैदेशिक रोजगारीका नाममा सर्वसाधारण श्रमिकलाई ठगी गरेको आरोपमा पक्राउ पुर्जी जारी भएका ४७ जना आरोपित बैंक खाता रोक्का हुने चेतावनीपछि वैदेशिक रोजगार विभागको सम्पर्कमा आएका छन्।

ठगीमा प्रयोग भएका बैंक खाता रोक्का गर्ने प्रक्रिया अघि बढाउने चेतावनी दिएपछि उनीहरू विभागको सम्पर्कमा आएका हुन्। विभागका अनुसार सम्पर्कमा आएका ४७ जनाले ठगीमा परेका पीडित श्रमिकसँग मिलापत्रसमेत गरिसकेका छन्।

युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभागले पक्राउ पुर्जी जारी भएका व्यक्तिहरूलाई गत कात्तिक १९ गते पत्राचार गर्दै ३५ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको थियो। तोकिएको समयभित्र उपस्थित नभए ठगीमा प्रयोग भएका बैंक खाताहरू रोक्का गरिने स्पष्ट चेतावनी विभागले दिएको थियो।

विभागको उक्त चेतावनीपछि केही आरोपित सम्पर्कमा आए पनि अझै ठूलो संख्यामा आरोपित कानुनी प्रक्रियाको दायराबाहिर छन्।

विभागले तोकिएको ३५ दिनभित्र उपस्थित नभएका व्यक्तिहरूको हकमा बैंक खाता रोक्का गर्ने प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ। त्यसका लागि ३५ दिनको अवधि पूरा भएपछि नेपाल राष्ट्र बैंकलाई पत्राचार गर्ने तयारी गरिएको विभागले जनाएको छ।

 

विभागका अनुसार वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दामा हालसम्म १ हजार २१८ जनाविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ।

वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन देखाएर श्रमिकबाट रकम असुल्ने र सम्पर्कविहीन हुने प्रवृत्तिविरुद्ध विभागले अनुसन्धान तथा कारबाहीलाई तीव्रता दिएको जनाएको छ। बैंक खातामार्फत हुने आर्थिक कारोबार रोक्ने कदमले ठगीमा संलग्नलाई अनुसन्धानको दायरामा ल्याउन र पीडितको रकम फिर्ता गराउन दबाब सिर्जना गर्ने अपेक्षा गरिएको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x