पूर्वमुख्यसचिव अर्यालमाथि अनुसन्धान तीव्र, म्याद थपका लागि सरकारी वकिल कार्यालयमा उपस्थित
वि.सं.२०८३ मंसिर ११ शुक्रवार
shares
काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली श्रमिकमाथि भएको भनिएको ठगी प्रकरणमा पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्यालमाथि प्रहरीले अनुसन्धान तीव्र बनाएको छ। थप अनुसन्धानका लागि सीआईबीले शुक्रबार उनलाई सरकारी वकिल कार्यालयमा उपस्थित गराउँदै म्याद थपको प्रक्रिया अघि बढाएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अर्याललाई अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति लिन सरकारी वकिल कार्यालयमा उपस्थित गराएको हो।
सीआईबीका अनुसार अर्याललाई बिहीबार नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको थियो। पक्राउपछि उनलाई थप अनुसन्धानका लागि काठमाडौं ल्याइएको थियो।
मलेसिया जाने नेपाली श्रमिकमाथि भएको भनिएको ठगी प्रकरणमा पूर्वमुख्यसचिवकै नाम जोडिएपछि घटनाले थप गम्भीर मोड लिएको छ। राज्यको उच्च प्रशासनिक जिम्मेवारी सम्हालिसकेका व्यक्तिमाथि नै अनुसन्धान अघि बढेपछि यो प्रकरणले प्रशासनिक वृत्तमा समेत तरंग पैदा गरेको छ।
प्रहरीले अर्यालको संलग्नता, घटनासँग जोडिएका अन्य व्यक्ति तथा आर्थिक कारोबारका विभिन्न पक्षबारे अनुसन्धान गरिरहेको छ।


































