धरहरा परिसरको सुन्धारा पोखरी सफाइका लागि पानी तानियो, महानगर प्रहरीको पहल
वि.सं.२०८३ मंसिर ११ शुक्रवार
145
shares
shares
काठमाडौँ । काठमाडौँ महानगरपालिका महानगर प्रहरी बलको पहलमा वडा नम्बर २२ स्थित धरहरा परिसरमा रहेको सुन्धारा पोखरीको पानी तानेर बाहिर निकालिएको छ।
पोखरीको सरसफाइ तथा स्वच्छता कायम गर्ने उद्देश्यले पोखरीमा जमेको पानी बाहिर निकाल्ने काम गरिएको महानगर प्रहरी बलले जनाएको छ।
पोखरीको पानी निकालेर सरसफाइ गर्ने कार्यले परिसरको वातावरण स्वच्छ राख्न तथा पोखरीको सौन्दर्य कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
धरहरा परिसरमा रहेको सुन्धारा पोखरीको संरक्षण, सरसफाइ र नियमित व्यवस्थापन आवश्यक रहेकाले महानगरपालिकाले यसतर्फ पहल गरेको हो।
Subscribe
0 Comments
Oldest


































