सार्वजनिक निकायको खरिद वातावरण प्रतिस्पर्धी बन्नु पर्ने 

14.9K
shares
Nabil bank

काठमाडौं।सार्वजनिक निकायको खरिद वातावरण प्रतिस्पर्धी र पदाधिकारीहरुमा खरिद तत्परता भए नभएको विषयमा सार्वजनिक खरिद अनुगमन कार्यालयले अनुगमन गर्ने भएको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयमा पद बहाली गर्ने क्रममा सचिव डा दामोदर रेग्मीले सो कुरा वताएका हुन् । सार्वजनिक खरिद सम्बन्धी कानूनी व्वस्था हुदा हुदै पनि सार्वजनिक निकायको खरिद वातावरण प्रतिस्पर्धी र पदाधिकारीहरुमा खरिद तत्परता नभएको कारणले पूजीगत खर्चको प्रभावकारिता हुन सकेको छैन । यसर्थ अव सार्वजनिक खरिद अनुगमन कार्यालयले उपरोक्त दुइ पक्षमा समेत ध्यान दिन सार्वजनिक निकायको ध्यानाकर्षण गर्ने भएको छ । यसको साथै खरिद कानूनलाइ समसामयिक बनाउन तयार गरिएको खरिद कानूनको मस्यौदामा छिटै सरोकारवालाहरु संग छलफल गरि अन्तिम रुप दिइने सचिव डा रेग्मीले बताए ।

सार्वजनिक खरिद महत्वपूर्ण विधा भएकोले यस विधाको सशक्तिकरण गर्दै संस्थागत साख अभिवृध्दिमा ध्यान दिनु पर्ने कुरा उनले बताए । कार्यक्रममा सहसचिव द्वय उमेश ढुंगाना र चक्रवर्ती कण्ठ लगायत सवै कर्मचारीहरुको उपस्थिति रहेको थियो । यसै वीच सचिव डा रेग्मीले सार्वजनिक खरिदका समसामयिक विषयहरुमा खरिद पुनरावलोकन समितिका पदाधिकारीहरु संग पनि छलफल गरेका छन् ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x