सार्वजनिक निकायको खरिद प्रतिस्पर्धी क्षमताको अनुगमन हुने 

14.2K
shares
Nabil bank

काठमाडौं।सार्वजनिक निकायको खरिद वातावरण प्रतिस्पर्धी र पदाधिकारीहरुमा खरिद तत्परता भए नभएको र खरिद प्रतिस्पर्धी क्षमताको विषयमा सार्वजनिक खरिद अनुगमन कार्यालयले सघन अनुगमन गर्ने भएको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव डा दामोदर रेग्मीले सो कुरा वताएका हुन् । सार्वजनिक खरिद सम्बन्धी कानूनी व्वस्था हुदा हुदै पनि सार्वजनिक निकायको खरिद वातावरण प्रतिस्पर्धी र पदाधिकारीहरुमा खरिद तत्परता नभएको कारणले पूजीगत खर्चको प्रभावकारिता हुन सकेको छैन । यसर्थ अव सार्वजनिक खरिद अनुगमन कार्यालयले उपरोक्त दुइ पक्षमा समेत ध्यान दिन सार्वजनिक निकायको ध्यानाकर्षण गर्ने भएको छ ।कार्यालयले अव सवै सार्वजनिक निकायको खरिद योजना, खरिद विधि र समयमै खरिद कार्य अघि वढाउन सार्वजनिक निकायले अपनाएका तत्परता योजनाका वारेमा खरिद इकाइ प्रमुख र योजना शाखा प्रमुख संग नियमित अन्तरक्रिया गर्ने कुरा सचिव डा रेग्मीले वताए ।

 

यसको साथै खरिद कानूनलाइ समसामयिक बनाउन तयार गरिएको खरिद कानूनको मस्यौदामा छिटै सरोकारवालाहरु संग छलफल गरि अन्तिम रुप दिइने सचिव डा रेग्मीले बताए ।

 

सार्वजनिक खरिद महत्वपूर्ण विधा भएकोले यस विधाको सशक्तिकरण गर्दै संस्थागत साख अभिवृध्दिमा ध्यान दिनु पर्ने कुरा उनले बताए । निर्माण व्यवसायीहरुको मागको सम्बन्धमा हरेक विषयलाई छलफल गरि कानून सम्मत रुपमा समाधान खोजिने कुरा उनले वताए ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x