सिर्जनाको पहिचान बनाएका प्रशासकहरु

62K
shares
Nabil bank

काठमाडौं ।‘यो सम्झिने मन छ, म बिर्सूं कसोरी ?’ होस् वा ‘तिमी जुन रहले, ममा फुल्न आयौ’ अथवा ‘तिमी यसै लजायौ, म उसै धकाएँ’ गीत नै होस्, यी गीत नसुनेका र यी गीत मन नपराउने नेपाली सायदै होलान् । नेपाली संगीतको ०३० को दशकको अन्त्यतिर रेकर्ड भएर हालसम्म पनि चर्चित र कर्णप्रिय बनेका यी र यस्तै कालजयी गीतका सर्जक हुनुहुन्छ– दिनेश अधिकारी उहां नेपाल सरकारका पूर्व सचिव हुनुहुन्छ । 

घरमा कोही नहुँदा’, ‘माछीले खाने खोलीको लेउ’, ‘कमेरोले पोतेको दुई तलाको घर’, ‘पानी कुवाको’, ‘पहिलो पल्ट भेट हुँदा’, ‘सोल्टिनीको के छ खबर’, ‘अर्को जुनी खै कुन्नि कसलाई थाहा छ र खै’, ‘तिमीलाई देखेपछि आई लभ यु भन्न मन लाग्यो’, ‘मलाई आमाले दिएको चौबन्दी चोली’, ‘तिम्रो आँखामा आँखा जुधाई’, ‘छेकेर माया छेकिन्न’, ‘जताजता पिरतीको बाटो’, ‘म राजकुमार तिमी राजकुमारी’ लगायत थुप्रै गीतका सर्जक दिनेश थपलिया पनि नेपाल सरकारका पूर्व सचिव र प्रमुख निर्वाचन अयुक्त हुनुहुन्छ ।

आनन्द कार्कीको स्वरमा एक अन्जुली मायाको उपहार छरिदेउ, प्रताप दास र अनु चौधरीको स्वरमा अलिकति हास्नु तिमी अलिकति म हासुला र मुरलीधरको स्वरमा सिरेटोले छुदै छुन्न लगायतका लोकप्रिय गीतका सर्जक डा दामोदर रेग्मी नेपाल सरकारका सचिव र प्रशासनविद हुनुहुन्छ ।

‘टाँकीको घाँस’, ‘निर्वस्त्र नगरीमा’ जस्ता कविता संग्रह र ‘धड्कनभित्र’, ‘प्रहर’, ‘उपमा’ जस्ता गीति एल्बम निकालिसकेका शंकर कोइराला ‘ पूर्व सचिव र मन्त्री हुनुहुन्छ ।

यी केही प्रतिनिधि पात्र हुन् जो प्रशासनको उच्च तहमा मात्र पुगेनन् गीत संगीतको क्षेत्रमा कालजयी गीतहरुको सिर्जनाव्दारा एउटा छुट्टै पहिचान बनाउन सफल भए । कर्मचारी भन्ने शव्द सुन्दा नवीनता र सिर्जनशीलताको अभाव भएको पहिचानबाट चिनिने गर्दछन् । तर यी र यस्तै अन्य प्रशासकहरुको सिर्जनशीलताले नेपाली प्रशासकहरुको विशिष्ट क्षमतालाइ दर्शाउन र अन्यमा उत्प्रेरणाको संचार प्रवाह गर्न सफल भएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x