आज यी क्षेत्रहरूमा भारि बर्षाको सम्भावना रहेको छ
वि.सं.२०८० असोज ८ सोमवार
shares
Photo By: Commuters walk through heavy monsoon rain in Shimla on Tuesday. Rain fell in several areas of India, bringing down temperatures in the region as the monsoon season approaches.
Photo Amit Kanwar
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित छ। साथै भारतको दक्षिण पूर्वी उत्तरप्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ।
हाल देशभर आंशिकदेखि सामान्य बदली रहि गण्डकी प्रदेशको थोरै स्थानमा र बाँकी प्रदेशका एक दुई स्थनमा हल्का वर्षा भइरहेको छ। सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, गण्डकी र बागमती प्रदेशहरूका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन रचट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती र मधेश प्रदेशका थोरै र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
मंगलबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश र बागमती प्रदेशका थोरै र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।
बुधबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
राती कोशी, मधेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकी प्रदेशमा आंशिक बदली रहनेछ। कोशी, मधेश र बागमती प्रदेशका थोरै र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।





























