चन्दन लगाउँदैमा र मानसरोवरमा डुबुल्की गर्दैमा पाप कट्दैन : अध्यक्ष ओली

25.6K
shares
Nabil bank

कैलाली । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जनताप्रति उत्तरदायी नभएको टिप्पणी गरेका छन् । सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन समारोहमा ओलीले देश र जनतालाई आशा जगाउने बेलामा प्रधानमन्त्री भ्रमणमा केन्द्रित भएको बताएका हुन् ।

 

‘अहिले देशमा सरकार छ कि छैन ? के दुई धाम गरेरमात्रै हुन्छ ?’, उनले भने, ‘जनतालाई माया नगरेपछि, देशलाई माया नगरेपछि चन्दन लगाएर गेरुवस्त्र लगाए पनि पाप कट्दैन, मानसरोवरमा डुबुल्की लगाए पनि पाप कट्दैन ।’ उनले वर्तमान सरकारबाट देशको रक्षा हुनसक्ने अवस्था नरहेको टिप्पणी गरे । एमाले नेतृत्वको सरकारपछि अर्थतन्त्र झन् ओरालो लागेको ओलीको आरोप थियो ।

 

‘नेकपा एमालेले सरकार छाडेपछि अर्थतन्त्र ओरालो लाग्यो । हिंसा बढिरहेको छ । ७ प्रतिशतभन्दा माथि पु¥याइएको यो गठबन्धनले २ प्रतिशतभन्दा तल झारिसकेको छ’, उनले भने, ‘देश अप्ठेरो अवस्थामा पुगेको छ । अझै अप्ठेरो गतिमा पु¥याउनु हुँदैन ।’सुदूरपश्चिम प्रदेश विकासका दृष्टिकोणले पछाडि परेको भन्दै ओलीले प्रदेशलाई आधुनिक, विकसित र समृद्ध बनाउन चाहेको बताए ।

 

प्रदेश अधिवेशनमार्फत आउने नयाँ नेतृत्वबाट सुदूरपश्चिम प्रदेशमा रहेका समस्याहरू हल गर्न सक्नु पर्ने ओलीको भनाइ छ । ‘सुदूरपश्चिममा एमालेले चेतना ल्याउनुपर्छ । त्यो जिम्मेवारी अब आउने कमिटीलाई हुनेछ । यस अधिवेशनबाट आउने कमिटीले नेतृत्वको भूमिका खेल्नु पर्छ’, उनले भने ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x