पालाको पैंचो तिर्छु: दुर्गा प्रसाइ

3.3K
shares

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले कपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली र नेकपा एमालेका नेता महेश बस्नेतलाई पैंचो तिर्ने चेतावनी दिएका छन् । सोमबार काठमाडौंमा कालोमोसोको सिकार बनेका व्यवसायी प्रसाईंले सामाजिक सञ्जालमा स्ट्याटस् लेख्दै यस्तो चेतावनी दिएका हुन् ।

 

‘तपाईंहरूले दिनुभएको पैंचो नेपाली जनताले छिट्टै फिर्ता गर्ने छ, प्रतीक्षा गर्नुहोस्,’ उनले लेखेका छन् ।

 

प्रसाईंले केपी ओली र महेश बस्नेतलाई धन्यवाद दिँदै यस्तो लेखेका हुन् । उनले भनेका छन्- ‘हजुरबुबा के पी ओली र कमरेड महेश बस्नेत लगायत सम्पूर्ण एमाले तथा राष्ट्रिय युवा संघलाई धन्यवाद छ।’

 

पछिल्लो समय विवादास्पद अभिव्यक्ति र सामाजिक सद्भाव भड्काउने अभिव्यक्ति दिँदै आएका प्रसाईंलाई सोमबार काठमाडौंस्थित एलोप्यागोडा होटलमा केही युवाले कालोमोसो दलेका हुन् ।

civil hospital
Hams Hospitals