ओलीभन्दा प्रचण्ड र नारायणकाजीमा राजनीतिक चरित्र देखियो : दुर्गा प्रसाईँ

3.5K
shares

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो हजुरबुबा भए पनि उनमा भन्दा प्रचण्ड र नारायणकाजी श्रेष्ठमा राजनीतिक चरित्र देखिएको बताएका छन् ।

 

कालोमोसो दलिएको भोलिपल्ट मंगलवार बिहान पत्रकार सम्मेलन गर्दै प्रसाईँले आफूले जति आलोचना गरे पनि प्रचण्डले प्रतिक्रिया नजनाएको तर एमालेले कालोमोसो दलेको टिप्पणी गरे । उनले खेल अब शुरु भएको भन्दै महेश बस्नेतलाई धन्यवाद दिए ।

 

प्रसाईँले १८/२० जना मारवाडीको हातमा देशको अर्थतन्त्र गइसकेको भन्दै अब केही वर्षभित्रै यो देशको सत्ता पनि मारवाडीकै हातमा जाने दाबी गरे । उनले देश लुट्ने मारवाडीको विरोध गर्दा आफूमाथि आक्रमण भएको बताए । उनले देश बचाउन मूलधारका मिडियाले नसक्ने भन्दै युट्युबरको हातमा देश जोगाउने जिम्मेवारी आएको समेत टिप्पणी गरे ।

civil hospital
Hams Hospitals