देश जोगाए यूट्यूबेले जोगाउछन् :दुर्गा प्रसाईं

3K
shares

काठमाडौं । आफूलाई मोसो दलिएको घटनापछि मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आक्रोस पोख्नुभएको छ । आज विहान पत्रकार सम्मेलन गर्दै प्रसाईंले आफ्नो आन्दोलनमा सरिक हुन युट्युबरहरूलाई आह्वान गर्नुभयाे ।

 

‘आजबाट आन्दोलन सुरु भयो,आजदेखि देशभरि युवाहरू निस्किनुहोस्,देशभरि आजदेखि हाम्रो आन्दोलन सुरु हुन्छ,राँके जुलुस,कार्यक्रम गर्नुस्,तपाईंहरू पनि निस्कनुस्,देश जोगाउन’, प्रसाईंको भनाइ छ , ‘तपाईंहरूलाई युट्युबे, स्युटुबे भन्छन् नि, तपाईंहरूले देश बचाउनु भो भने बचाउनु भो, यी ठूला मिडियाले बचाउँदैनन्, कुरा बुझ्नुस्। अब तपाईंहरूको टाउकोमा यो दायित्त्व आको छ।’

 

पछिल्लो समय प्रसाईं राजतन्त्र पुनःस्थापना,संघीयता खारेजी र हिन्दु राज्यको स्थापनाको मुद्धाको वकालत गरिरहनुभएको छ । उहाँ विगत केही समयदेखि अराजक शैलीमा लघुवित्त,बैङ्कहरुमाथि प्रस्तुत हुँदै आउनुभएकाे छ ।

civil hospital
Hams Hospitals