हिमेश पन्तलाई फेसबुकमा गालीको ओइरो

Ghorahi cement

काठमाडौं । एक घरेलु हिंसाको घटनामा नाम मिलेपछि कमेडियन एवं राष्ट्रिय स्वतन्त्र पार्टीका नेता हिमेश पन्तलाई सामाजिक सञ्जालमा गालीकाे ओइरो लागेको छ । नाम मिलेको भरमा दर्जनाैं गालीका मेसेज आएपछि उनले उक्त व्यक्ति आफू नभएको प्रष्ट पारेका छन् ।

 

“हिमेश नाम गरेको एक जना पत्रकारले श्रीमती कुटेको भन्ने भिडिओ क्लिप बाहिरिएको रहेछ,” उनले लेखेका छन्, “हिजोदेखि मेरो इनबक्समा गालीका मेसेजहरू आइरहेका छन् ।”

 

 

उनले स्टाटसमार्फत आफू अविवाहित रहेको र कुनै पनि घरेलु हिंसालाई समर्थन नगर्ने उल्लेख गरेका छन् । उनले आफूलाई इनबक्समा आएका गालीको स्क्रिनशट समेत फेसबुक स्टोरीमा शेयर गरेका छन् ।

 

Shangri-la Development Bank Ltd.
Nepali patro