गृहबाट ७ सहसचिव बाहिरिएका छन् भने गृहमा ६ जनाले इन्ट्री पाएका छन्, हेर्नुहोस् को को गए,को को आए

सरकारले ७१ जना सहसचिव सरुवाको सूची सार्वजनिक गरेको छ ।

Ghorahi cement

काठमाडौं।लामो रस्साकस्सी पछि सरकारले ७१ जना सहसचिव सरुवाको सूची सार्वजनिक गरेको छ । ७१ सहसचिव सरुवा हुँदा गृहबाट ७ सहसचिव बाहिरिएका छन् भने गृहमा ६ जनाले इन्ट्री पाएका छन् ।

 

सरुवाको सूची अनुसार गृहबाट बाहिरिनेहरुमा शिवराम पोखरेल,हुमकला पाण्डे,रमेश न्यौपाने,मदन कोइराला,दीपक पहाडी,उमेश ढकाल र छविलाल रिजाल छन् ।

यस्तै सामान्य प्रशासनबाट स्किम श्रेष्ठसहित ६ सहसचिवले गृह प्रवेश पाएका छन् । भरत खनाल,आनन्द काफ्ले,प्रेम भट्टराई,नारायण अर्याल र भोला दाहालले गृहमा प्रवेश पाएका हुन ।

गृहबाट बाहिरिएकामध्ये झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल र सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमती प्रदेशमा सरुवा भएको छ भने सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेको आर्थिक मामिला तथा योजना मन्त्रालय कर्णाली प्रदेशमा सरुवा भएको छ ।

 

यस्तै प्यूठानका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगत चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा सरुवा भएको छ भने तनहुँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएको छ ।

 

गृह मन्त्रालयमा नै फाजिलमा रहेका विपीन आचार्यको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सरुवा हुदाँ अर्का फाजिलमा रहेका दीपककुमार पहाडीको भने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगेका छन् ।

यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत नारायणप्रसाद अर्याल र मन्त्रालमै अतिरिक्त समूहमा रहेका सहसचिव स्किम श्रेष्ठ, राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा कार्यरत भरत खनाल, अर्थ मन्त्रालयमा कार्यरत आनन्द काफ्ले, अर्थ मन्त्रालय मधेश प्रदेशमा रहेका प्रेमप्रसाद भट्टराई, र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत भोला दाहाल गृह मन्त्रालय तानिएका छन् ।

 

यस्तै सरुवा सूची अनुसार, पार्वती शर्मा अख्तियारबाट अर्थ,अमृत लम्साल लगानी बोर्डबाट र महेश बराल योजना आयोगबाट अर्थमा भित्रिएका छन् ।अर्थबाट ढुण्डीप्रसाद निरौला बाहिरिएका छन् उनलाई प्रधानमन्त्री कार्यालयमा खटाइएको छ ।

Nepali patro