काठमाडौँ विश्वविद्यालयबाट अहिलेसम्म १२ प्रतिशतभन्दा बढी विदेशी दीक्षित

Ghorahi cement

काठमाडौँ । काठमाडौँ विश्वविद्यालयबाट हालसम्म १२ प्रतिशतभन्दा बढी विद्यार्थी दीक्षित भएका छन् । बुधवार विश्वविद्यालयको २९ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल प्रचण्डले उक्त तथ्याङ्क प्रस्तुत गरेका हुन् ।

 

तीमध्ये ६.१५ प्रतिशत विद्यार्थी विदेशी भएको आफूले जानकारी पाएको प्रचण्डले बताएका छन् ।‘आज दीक्षित हुने विद्यार्थीहरूमध्ये ६.१५ प्रतिशत विदेशी विद्यार्थी भएको र विश्वविद्यालयबाट हालसम्म दीक्षित भएकामध्ये १२ प्रतिशतभन्दा बढी विदेशी भएको मैले बुझेको छु’, उनले वक्तव्यमा उल्लेख गरेका छन्, ‘यो नै नेपालको शैक्षिक अन्तर्राष्ट्रियकरणको ज्वलन्त उदाहरण हो । अब यो क्रमलाई राष्ट्रिय अभियानका रूपमा थप सुदृढ र विस्तारित बनाउनु आवश्यक छ ।’

 

यस्तै बुधवार दीक्षित हुने विद्यार्थीलाई आर्जन गरेको ज्ञान र सीपलाई देशको र मानव जातिको हितका लागि अर्पण गर्ने प्रयत्न प्रधानमन्त्री प्रचण्डले आग्रह गरेका छन् ।

 

काठमाडौँ विश्वविद्यालय वा नेपालका अन्य विश्वविद्यालयबाट अध्ययन गरेर थप अध्ययन र अनुभवका लागि विदेश गएका विद्वत्वर्ग एवम् युवालाई पनि आफ्नो माटोको सुगन्ध र मातृभूमिको माया सम्झेर आर्जित ज्ञान र सीप नेपालको दिगो विकासका लागि सदुपयोग गर्न समेत उनले अनुरोध गरेका छन् ।

Shangri-la Development Bank Ltd.
Nepali patro