आजपनि बढ्यो सुनको मूल्य

15.4K
shares
Nabil bank

काठमाडौं । साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।

अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला दुई हजार आठ सय रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला तीन सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार एक सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार दुई सय ५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ।

बिहीबार प्रतितोला १४ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १४ सय ७० रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार ३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x