आज उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त 

Ghorahi cement

 

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको ४९औँ दीक्षान्त समारोहका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।

 

सोमबार दशरथ रंशालामा आयोजना गरिएको समारोहका कारण काठमाडौं उपत्यकाका मुख्य सडकहरुमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको काठमाडौं उपत्यका ट्राफिक कार्यालयले जनाएको छ ।

 

दिक्षान्त समारोजमा सहभागी हुन हजारौं विद्यार्थी तथा शिक्षकहरु आएकाले ट्राफिक जाम परेको जनाइएको छ ।

त्रिभुवन विश्वविद्यालयको दिक्षान्त समारोहमा प्रमुख अतिथिको रुपमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागि छन् । दीक्षान्त समारोहमा १२ हजार ४ सय १५ जना विद्यार्थी दीक्षित हुदैछन् ।

Shangri-la Development Bank Ltd.
Nepali patro