त्रिभुवन विश्वविद्यालयको ४९ औं दिक्षान्त समारोह सम्पन्न

Ghorahi cement

 

काठमाडौं । मुलुककै जेठो तथा ठूलो त्रिभुवन विश्वविद्यालयको ४९ औं दिक्षान्त समारोह सोमवार सम्पन्न भएको छ ।

 

दशरथ रंगशालाको खेल मैदानमा भएको दीक्षान्त समारोहमा १२ हजार ४ सय १५ जना विद्यार्थी दिक्षीत भएका छन् ।

 

२०७९ सालको असारदेखि २०८० सालको असार मसान्तसम्म पास भएका ७३ हजार विद्यार्थीमध्ये १२ हजार ४ सय १५ जना विद्यार्थीले दीक्षीत भएका हुन् ।

 

यो वर्ष एमफील, स्नातकोत्तर तह र स्नातक तह गरी २६ जना विद्यार्थी विभिन्न विभूषणबाट विभूषित भएका छन् ।

 

उनीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणपत्र तथा सम्मान पत्र प्रदान गरेका छन् । त्यस्तै, एमफील र पीएचडीतर्फ गरी एक सय १३ जना विद्यार्थीलाई समेत राष्ट्रपतिबाटै प्रमाणपत्र तथा सम्मान पत्र प्रदान गरिएको त्रिविले जनाएको छ ।

 

तर, त्रिविले यो वर्षदेखि सबैभन्दा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रदान गरिँदै आएको ‘कुलपति पदक’ भने बन्द गरेकोछ । 

Shangri-la Development Bank Ltd.
Nepali patro