दीर्घरोग लागेकालाई सम्पर्कमा आउन आह्वान

Ghorahi cement

काठमाडौं।बागलुङको कोठेखोला गाउँपालिकाले दीर्घरोग लागेका स्थानीयलाई सम्पर्कमा आउन आह्वान गरेको छ । वैदेशिक रोजगारीमा गएका व्यक्तिको परिवारका सदस्यलाई उपचार खर्च दिलाउने उल्लेख गर्दै गाउँपालिकाले सम्पर्कमा आउन आह्वान गरेको हो ।

 

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका व्यक्तिको परिवारलाई उपचार खर्च दिइने गाउँपालिकाले जनाएको छ ।

 

 

वैदेशिक रोजगारीमा गएका व्यक्तिको परिवारका सदस्यलाई दीर्घरोग लागेमा वैदेशिक रोजगार बोर्डको सचिवालयले ५० हजार रुपैयाँसम्म उपचार खर्चबापतको आर्थिक सहायता प्रदान गर्ने व्यवस्था गरेको छ ।

 

गाउँपालिकाले अन्जाइमर, पार्किन्सन, मुटु रोग, क्यान्सर र मृगौला फेल भएकालाई सम्पर्कमा आउन सुसूचित गराएको छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro