रवि लामिछानेलाई बचाउन खोज्दा चिप्लियो ग्लोबल आइएमइ बैंक 

4.3K
shares

 

काठमाडौं।गोर्खा मिडिया प्रालीको १५ प्रतिशत सेयर खरिद विक्री प्रकरणमा मुछिएका रवि लामिछानेले सोमबार अपरान्ह आफूमाथिको गम्भीर आरोपको प्रतिरक्षामा दायाँबायाँ स्वर्णिम र अनिलकेशरी शाहलाई राखेर प्रेस मिट आयोजना गरे ।

 

 

लामिछानेले सञ्चार माध्यममा आएको जस्तो १ करोड ८० लाख रकम आफ्नो खातामा जम्मा नभएको दावी गरे ।

 

सम्बन्धित कम्पनीले चेक दिए पनि खातामा पैसा जम्मा नभएको भन्दै उनले बैंकको स्टेटमेन्ट नै पढेर सुनाउन भ्याए । बैंक क्लियरेन्समा पैसा नआए पनि कम्पनी रजिस्ट्रार कार्यालयमा स्लिप गएको उनले दाबी गरे । यद्यपि ७५ लाख प्रकरणबारे मौन बसे ।

कान्तिपुरले सोमबार सार्वजनिक गरेको विवरणमा गोर्खा मिडियाले बुझाएको फाइलअनुसार २०७७ माघ ९ शुक्रबारका दिन लामिछानेले गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा ७५ लाख रुपैयाँ जम्मा गरेको र बुटवलमा सञ्चालित सुप्रिम बचत तथा ऋण सहकारीमा जम्मा भएको बचतबाट २०७८ वैशाख ५ का दिन एक करोड निकालेर रवि लामिछानेका तर्फबाट गोर्खा मिडिया नेटवर्कको खातामा जम्मा गरिएको सार्वजनिक गरेको उल्लेख छ।

 

कान्तिपुरमा प्रकाशित समाचार, सहकारी ठगी र ग्यालेक्सी टेलिभिजनको माउ संस्था गोर्खा मिडिया प्रालीको १५ प्रतिशत सेयर किन्दा र बेच्दाको कारोबार केन्द्रित गरेर पत्रकार सम्मेलन आयोजना गरेका थिए।

यही प्रकरण रवि लामिछानेलाई बचाउन खोज्दा ग्लोबल आइएमइ बैंक नराम्रोसँग चिप्लिएको छ ।

 

पत्रमा लेखिएको छ,उपरोक्त सम्बन्धमा तहाँको मिति २२/६/ २०२४ को पत्रको सन्र्दभमा लेख्दैछौं ।

यो पत्रमा उल्लेखित मिति १७/ ६/ २०२२ मा तहाँको यस बैंकमा सञ्चालनमा रहेको खाता नम्बर ००३०७०१०००५९१३ मा १ करोड ८० लाखको चेक जम्मा भएको हुँदा सो रकम खातामा क्रेडिट गरिएको तर उक्त चेक ईसीसी मार्फत् चेक क्लेरिङ मा पठाउँदा रकम अभाव को कारण फिर्ता भएको हुँदा सो रकम खातामा जम्मा नभएको व्यहोरा जानकारी गर्दछौं ।’

 

पछिल्लो समय रवि लामिछाने दोहोरो नागरिकता प्रकरण,पासपोर्ट,बहुविवाहदेखि शालिकराम पुडासैनी र आफ्ना ड्राइभरका आत्महत्या प्रकरणसम्ममा जोडिएका छन् । सत्ताका लागि फेरि बार्गेनिगमा रहेका उनै लामिछानेको बचाउमा ग्लोबल आइएमइ बैंकद्धारा जारी स्टेटमेन्ट नै शंकाष्पद् देखिएको बैंकरहरुले जनाएका छन् ।

 

छुटाउनु भयो कि

 

राजस्व अनुसन्धान कार्यालयमा व्यापक अनियमितता, पासवनको सेटिङमा यसरी हुन्छ भ्रष्टाचार

civil hospital
Hams Hospitals