हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्षमा अग्रवाल

Ghorahi cement

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीमा नयाँ अध्यक्ष नियुक्त भएका छन् । यस कम्पनीको अध्यक्षमा शुलभ अग्रवाललाई नियुक्त गरिएको हो ।

 

कम्पनीको माघ २१ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले अग्रवाललाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । युनियन लाइफ, गुँरास लाइफ र प्राइम लाइफ इन्स्योरेन्स मर्जरपछि हिमालयन लाइफ इन्स्योरेन्सको नाममा गत वैशाखदेखि एकिकृत कारोबार शुरु भएको थियो ।

Nepali patro